ad ad

राजनीति


इटहरीको विकासको जिम्मा मेरो: केपी ओली

इटहरीको विकासको जिम्मा मेरो: केपी ओली

सुमन पुरी
बैशाख २४, २०७९ शनिबार १६:५५, इटहरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताएका छन्। 

 इटहरीमा शनिबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई  जिताए इटहरीको विकासमा बजेट र योजनाको कुनै खाँचो नहुने बताएका हुन्। 

‘भोट हाल्ने काम तपाईंहरूको, विजयी बनाउने काम तपाईंहरूको विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ’, ओलीले भने, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाइनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु।’

आगामी प्रतिनिधि सभाको चुनावमा एमालेको बहुमत आउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफूले बजेट अभाव हुन नदिने ओलीले बताए। 

अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गरे। 

उनले इटहरीको विकासका बाँकी कामलाई अघि बढाउन, सुन्दर र आधुनिक विकसित नमुना नगर बनाउने कामको अभिभारा याम, संगीताको काँधमा आउन लागेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .