ad ad

राजनीति


एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किए अध्यक्षका उम्मेदवार

एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किए अध्यक्षका उम्मेदवार

नेपालखबर
बैशाख २४, २०७९ शनिबार १९:११, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एकीकृत समाजवादी परित्याग गरी सय भन्दाबढी नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी गएका सुदूरपश्चिम प्रदेश कमिटी रनसिंह सुनारसहित सय बढी नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

सुनार नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को अध्यक्षको आकांक्षी थिए। 

तर उनले पार्टीबाट वडाध्यक्षको टिकट पाएनन्। त्यसपछि शुक्लाफाँटा नगरपालिका–११ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

चुनाव चिन्ह ‘खरायो’ पाएका उनी अहिले वडाध्यक्षको उम्मेदवारी छोडेर फेरि नेकपा एमालेमै फर्किएका हुन्। 

एकीकृत समाजवादीमा व्यक्तिवादी, स्वार्थी र वर्ग विरोधीसँग साँठगाठ गर्दै राष्ट्रहितविरुद्धका सम्झौता र सत्तासञ्चालन सर्वहारा वर्गविरोधी देखिएकाले एमालेमै फर्किएको सुनारले एक विज्ञप्ति निकालेर भनेका छन्। 

यस्तै नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगर कमिटी सदस्य अमरसिंह सुनार, युवा संघ नगर सदस्य जयसिंह तिरुवा, राकेश तिरुवा, इन्द्र सुनार र जंगे कामी लगायत सय बढी नेताकार्यकर्ता एमालेमै फर्किएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .