ad ad

राजनीति


रोल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना घाइते

रोल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना घाइते

नेपालखबर
बैशाख २६, २०७९ सोमबार २३:२६, काठमाडौँ

राेल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा दुईजना घाइते भएका छन्।

गंगादेव गाउँपालिका-५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीसहितको टोलीले आक्रमण गरेको हो।

आक्रमणमा माओवादी कार्यकर्ताहरू राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीलगायत संलग्न रहेको खुलेको छ।

घटनामा कांग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढामगर गम्भीर घाइते भएका छन्। उनीहरूको प्रहरीले उद्धार गरेको छ।

उनीहरूलाई उपचारका लागि दाङको तुलसीपुर लगिएको छ।
गंगादेव गाउँपालिका कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनकाे गृहगाउँ हो।

माओवादी नेता एवम् पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती एक हप्तादेखि गंगादेव गाउँपालिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .