ad ad

राजनीति


झापा, मोरङ, सुनसरी : २४ स्थानमा कांग्रेसको अग्रता, १५ स्थानमा एमाले

झापा, मोरङ, सुनसरी : २४ स्थानमा कांग्रेसको अग्रता, १५ स्थानमा एमाले

सुमन पुरी
बैशाख ३१, २०७९ शनिबार २०:१४, विराटनगर

सुनसरी, मोरङ र झापामा कांग्रेसले २४ स्थानीय तहमा अग्रता लिएको छ। 

यस्तोमा नेकपा एमाले १५ स्थानमा प्रमुख पदमा अगाडि रहेको छ। तीन जिल्लामा एक जना स्वतन्त्र, एक जना राप्रपा र एक जना जनता समाजवादी पार्टीका उम्मेदवारले प्रमुख पदमा अग्रता लिएका छन्।  

सुनसरीमा कांग्रेसले ६, एमालेले ३ र जसपाले १ स्थानीय तहमा अग्रता लिएका छन्। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुनसरीमा धरान उप र इटहरी उपमहानगरपालिका, इनरुवा, बराह र दुहबी नगरपालिकमा कांग्रेसले अग्रता लिएको छ। 

यस्तै हरिनगरा, देवानगन्ज र गढी गाँउपालिका पनि कांग्रेसले अग्रता लिएको छ। 

एमाले रामधुनी नगरपालिका, बर्जु गाँउपालिका र भोक्राह नरसिंह गाँउपालिका अग्रता लिएको छ। 

जसपाले कोसी गाउँपालिकामा अग्रता लिएको छ। सुनसरीको देवानगन्ज र बर्जुको मतपरिणाम सार्वजनिक भएको छैन।

मोरङमा भने विराटनगर महानगर, बुढीगंगा, धनपाल थान कटहरी ग्रामथान, जहदा  मिक्लाजुङ गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ।  रतुवामाई, सुनबर्षी  र पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसको अग्रता छ। 

रंगेली, उर्लाबारी, लेटाङ, बेलबारी, सुन्दर हरैँचा नगरपालिकामा एमालेको अग्रता छ। यस्तै कानेपोखरी र केराबारी गाउँपालिकमा एमालेले अग्रता लिएको छ। मोरङमा १७ वटा पालिका रहेका छन्। 

झापाका हल्दिबारीमा राप्रपा र कन्काई नगरपालिकमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। 

एमालेले विर्तामोड, दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा अग्रता लिएका छन्। 

भद्रपुर, गौरादह  नगरपालिका  कमल, कचनकवल बाह्रदशी, बुद्धशान्ति र गौरीगञ्जमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। झापामा १५ वटा स्थानीय तह छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .