ad ad

राजनीति


पद्मा अर्यालका पति वडा सदस्य पदमा हारे

पद्मा अर्यालका पति वडा सदस्य पदमा हारे

नेपालखबर
जेठ १, २०७९ आइतबार १३:१२, काठमाडौँ

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्य पदमा हारेका छन्। 

स्याङ्जाको वालिङ नगरपालिका वडा नं १ को सदस्यमा एमालेबाट उम्मेदवारी दिएका लक्ष्मीपति पौडेल झण्डै चार सय मतले हारेका हुन्। 

५७ वर्षीय पौडेलले ६४६ मत पाउँदा नेपाली कांग्रेसका २६ वर्षीय सम्भव अर्यालले १ हजार २२ मत ल्याएर निर्वाचित भए। यो वडाको वडाध्यक्षमा कांग्रेसका पदमराज गुरुङ ८५० मत ल्याएर निर्वाचित भए। वडाध्यक्षमा एमालेका गिरमान गुरुङले ८२९ मत पाए। 

सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार निर्वाचित भए। खुला सदस्यमा शोभाकान्त काफ्ले, महिला सदस्यमा खिमा काफ्ले, दलित महिला सदस्यमा सीता बिक निर्वाचित भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .