नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले वडासम्म नै कालोपत्रे सडक पुर्याउनपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठक जारी विनियोजन बजेटबारेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
‘हामीले राष्ट्रव्यापी रुपमा सबै पालिका, वडासम्म नै अब कालोपत्रे सडक पुर्याउने कुरालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘त्यो नगरेसम्म कृषकले उत्पादन गरेको चिज बजारमा आउन सक्दैन्। त्यो बजारमा आउनका लागि अनिवार्य कुरा हो सडक निर्माण।’
सडक निर्माणको विषयलाई ब्यापक रुपमा अघि बढाउनपर्ने उनले तर्क गरे।
‘सडक निर्माणको कुरालाई ब्यापक रुपमा लिएर जानै सक्नुपर्छ। हाम्रा पूर्व राजमार्ग र उत्रर दक्षिण राजमार्ग चाँडोभन्दा चाँडो बन्ने कुरामा हामीले ध्यान दिनैपर्छ,’ उनले भने।
129
Shares
प्रतिक्रिया