ad ad

राजनीति


भरतपुर मेयरमा रेनु दाहाल ३२६४ मतले अगाडि

भरतपुर मेयरमा रेनु दाहाल ३२६४ मतले अगाडि

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १९:७, काठमाडौँ

भरतपुर महानगरपालिकामा ४५ हजार ७६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाले ३२ सय ६४ मतको अग्रता बनाएकी छन्। 

जारी मतगणना अनुसार रेनुले १७ हजार २९० मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मत ल्याएका छन्। 

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले पनि अहिलेसम्म ७ हजार ४० मत ल्याएका छन्। 

उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन्।

उनले १८ हजार ८४८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले ११ हजार २१९ मत मात्रै ल्याएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .