तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसविरुद्ध एमालेसँग तालमेल गरेका युवा नेता दीपकराज जोशीले अग्रता फराकिलो पारेका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर व्यासमा जोशीले बिहीबार साँझसम्मको परिणामअनुसार ७०६ मतको अग्रता बनाएका हुन्।
कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशी पुत्र उनले ५१ सय ७५ मत गनिसक्दा २४ सय ५५ मत पाएका छन्।
यस्तै उनलाई पछ्याइरहेका कांग्रेसका वैकुण्ठनाथ न्यौपानेको पक्षमा १७ सय ४९ मत परेको छ।
उपमेयरमा भने जोशीसँग तालमेल गरेको एमाले उम्मेदवार पछि परेका छन्।
उपमेयरमा कांग्रेसका उम्मेदवार २०१२ सहित अगाडि छन्। उता एमालेका उम्मेदवार वसुन्धरा घर्तीको १९ सय ३५ मत छ।
जोशी कुटिएपछि तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदी मतदान केन्द्रमा पुन: भोट भएको थियो।
गत वैशाख ३० गते भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।
त्यही अनुसार बुधबार निर्वाचन सकिएपछि बिहीबारदेखि त्यहाँको मतगणना थालिएको हो।
Shares
प्रतिक्रिया