राजनीति


लोसपाको गढ जलेश्वरमा जसपाको जित

लोसपाको गढ जलेश्वरमा जसपाको जित

शैलेन्द्र महतो
जेठ ८, २०७९ आइतबार ८:१७, जनकपुरधाम

महोत्तरीको सदरकमुकाम जलेश्वर नगरपालिकाको मेयर र उपमेयर जनता समाजवादी पार्टीले जित हात पारेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीको गढ मानिने जलेश्वरमा निवर्तमान मेयर रामाशंकर मिश्रालाई भारी मतान्तरले हराउँदै जसपा विजयी भएको हो। 

जसपाका सुरेश साह सोनार मेयरमा विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोसपाका तर्फबाट निवर्तमान मेयर मिश्रालाई १८७६ मत अन्तरले हराउँदै विजयी भएका छन्। साहले ७३०६ मत ल्याएर जित हासिल गरे भने निकटतम प्रतिद्वन्द्वी मिश्रा ५४३० मत प्राप्त गरेका हुन्। 

मिश्रा २०७४ को स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट मेयमा निर्वाचित भएका थिए। 

यस्तै उपमेयरमा जसपाकी रौशन खातुन निर्वाचित भएकी छन्। उनले ५८२३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्चुदेवी ४९०१ मत प्राप्त गरेकी छन्। 

जलेश्वर नगरपालिका लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित महोत्तरीको प्रतिनिधिसभा ३ नम्बर क्षेत्रमा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .