राजनीति


निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका जनप्रतिनिधिले गरे सपथ ग्रहण बहिस्कार

निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका जनप्रतिनिधिले गरे सपथ ग्रहण बहिस्कार

शैलेन्द्र महतो
जेठ १२, २०७९ बिहिबार १६:१, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण समारोहको प्रमुख अतिथि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई बनाएपछि एमालेका जनप्रतिनिधिले बहिस्कार गरेका छन्। 

सरकारको कुनै पनि पदीय हैसियतमा नरहेका नेता निधिलाई प्रमुख अतिथि बनाएको भन्दै एमालेका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन्। 

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम आज आयोजना गरिएको छ। स्वतन्त्रबाट निर्वाचित मेयर मनोज साह र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसका पूर्वउपसभापति निधिलाई सपथ ग्रहण समारोहको प्रमुख अतिथि बनाएका हुन्। 

सरकारको कुनै पदीय हैसियतामा नरहेका व्यक्तिलाई कार्यक्रमको प्रमुख अतिथि बनाएकाले सपथ लिन असमर्थ रहेको एमालेका नवनिर्वाचित जनप्रतिनिधिले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्। 

समारोह सहभागी हुन जनकपुर आएका निधिलाई स्वागत गर्न नवनिर्वाचित मेयर मनोज साह जनकपुर विमानस्थल पनि पुगेका थिए। 

सत्तारूढ गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि कांग्रेस नगर सभापति समेत रहेका मनोज साहले पार्टी परित्याग गरी मेयरमा उठेका थिए। उनी मेयरमा निर्वाचित भएपछि बुधबार कांग्रेसले निकालेको विजय जुलुसमा सहभागि भएका थिए।

साहलाई जिताउन आन्तरिक रूपमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र उनका समूहका नेताहरूले पहल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .