ad ad

राजनीति


कैलालीमा भत्कियो गठबन्धन, जिल्ला समन्वय समितिमा एमाले-माओवादी मिल्ने

कैलालीमा भत्कियो गठबन्धन, जिल्ला समन्वय समितिमा एमाले-माओवादी मिल्ने

यज्ञराज जोशी
जेठ १९, २०७९ बिहिबार २१:३८, धनगढी

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन जिल्ला समन्वय समिति निर्वाचनमा भत्किएको छ। 

जिसस कैलालीमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमाले मिलेर चुनावमा भाग लिने सहमति भएसँगै पाँच दलीय गठबन्धन भत्किएकाे हाे।

कैलालीमा तीन दल मिलेपछि कांग्रेस र समाजवादी एक्लिएका छन्। 

१३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मत छ। जितका लागि १४ मत आवश्यक पर्छ।

बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मत १६ पुग्ने भएको छ। 

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७, एमालेको ५ र माओवादीको ४ मत छ। 

३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा यी तीन दलले अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति समेत गरेका छन्।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डित, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा एमाले उपाध्यक्ष दुर्गा जोशीलगायतको उपस्थिति थियो। 

उक्त सहमतिसँगै जिल्लामा ७ मत रहेको कांग्रेस र १ मत रहेको एकीकृत समाजवादी भने बाहिरै रहने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .