राजनीति


‘सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने सुरुका दुई महिना तस्बिर खिच्न र बधाई दिन नआउनू’

‘सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने सुरुका दुई महिना तस्बिर खिच्न र बधाई दिन नआउनू’

नेपालखबर
जेठ २४, २०८३ आइतबार १४:२०, काठमाडौँ

पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृहमन्त्री बने दुई महिनासम्म आफूलाई बधाई दिनका लागि मन्त्रालय नआउन भनेका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सुरुका दुई महिना तस्बिर खिच्न र बधाई दिनका लागि नआउन भनेका हुन्।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।

आफू छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी रहेको र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने उनको भनाइ छ।

यस्तै उनले  आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ,’ उनले भने,  बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’

बयानका क्रममा समितिले ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो? भनेर प्रश्न गर्दा आफूले पनि प्रतिप्रश्न गरेको भन्दै गुरुङले भने, ‘ मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।’

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad