ad ad

राजनीति


एमाले महासचिवलाई प्रश्न : प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउने ‘अफर’ गरेको हो?

एमाले महासचिवलाई प्रश्न : प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउने ‘अफर’ गरेको हो?

नेपालखबर
जेठ १९, २०७९ बिहिबार २२:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि एक सार्वजनिक कार्यक्रममा आफूलाई पुनः प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका थिए। 

प्रचण्डकै शैलीमा बिहीबार दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री बन्ने अफर आएको बताए।

एकातिर वाम गठबन्धनको हल्ला चलिरहँदा जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण सुरु गर्नेबित्तिकै प्रचण्डले कांग्रेसका नेताहरुलाई चेतावनीको भाषा प्रयोग गरेका थिए। 

स्थानीय निर्वाचन अघिसम्म कांग्रेसका विरुद्धमा खुलेर सार्वजनिक समारोहमा नदेखिएका प्रचण्डले बुधबार कमलपोखरीस्थित कुमारी हलमा आयोजित सभामा गरेको भाषणले कांग्रेस वृत्तमा समेत तरङ्ग ल्यायो।

एमाले जस्तै दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डले भनेका थिए। गठबन्धनका दलहरुभित्र निर्वाचनको मतपरिणामलाई लिएर फरक फरक टिप्पणी सुरु हुन थालेपछि सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। 

कांग्रेस भने आफूहरुको सहयोगबाट अरुले यतिका सिट जित्न सकेको निष्कर्षमा छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले त प्रचण्डको सामाजिक सञ्जाल ह्याण्डललाई मेन्सन गर्दै हार व्यहोर्न तयार भएकाले राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने बताएका थिए। 

राजनीतकि वृत्तमा नै हल्लाखल्ला मच्चाउनेगरी प्रचण्ड र नेपालले दिएका यी अभिव्यक्तिको संकेत कतातर्फ हो? के प्रचण्ड र माधव नेपाललाई पुनः प्रधानमन्त्रीको अफर भएको हो? 

एमाले महासचिव शंकर पोखरेल भने यस्तो ‘वाइयात’ विषयको पछि नलाग्न अनुरोध गर्छन्। अफर नै गर्ने भएपनि लुकाएर नभई सार्वजनिक रुपमै अफर गर्ने उनी बताउँछन्। 

‘नचाहिने खबरका पछाडि कुद्न हुँदैन्,’ नेपालखबरसँगको संक्षिप्त कुराकानीका क्रममा पोखरेलले भने, ‘अफर गर्नेभए पब्लिक्लि गरिहाल्छौं नि।’

यो विषय अहिले आफ्नो पार्टीको नरहेको पनि उनले बताए। 

‘कसले विषय बाहिर ल्याइरहेको छ थाहा छैन्। यो हाम्रो पार्टीको विषय होइन्’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .