राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु दुःखद् भएको बताएका छन्।
केही सातादेखि चर्चामा रहेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटबारे धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित अनेक आशंका सार्वजनिक गरेका छन्।
उनले इम्बोस्ड नम्बर प्लेटमा कमिशन र भ्रष्टाचार रहेको कुरातर्फ सबैलाई सचेत गराएका छन्।
‘इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने समयसीमाको कुरा मात्रै होइन, कुरा भाषाको हो, सुरक्षाको हो, लागतको हो,’ उनले भनेका छन्, ‘कुरा कमिशन र भ्रष्टाचारको हो। सबैभन्दा दुःखद् कुरा त नेपालमै नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु हो।’
यी सबै गलत कामविरुद्ध आफूहरु निरन्तर लडिरहने प्रतिवद्धता पनि उनले गरेका छन्।
सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि चर्को विरोध भएको थियो।
साउनसम्म नजोडे कारबाहीको चेतावनी सरकारबाट आएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात कार्यालयमा सवारी धनीको भीड सुरु भएको थियो।
तर, जनस्तरबाट तीव्र विरोध भएपछि यातायात व्यवस्था विभागले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएर पछि हटेको छ।
“ईम्बोस्ड नम्बर प्लेट”राख्नु पर्ने समय सिमाको कुरा मात्र होइन..
— Rajendra Lingden [email protected] (@RajendraLingden) June 8, 2022
॰भाषाको कुरा हो,सुरक्षाको कुरा हो,
लागतको कुरा हो,कमिसन र भ्रष्टाचारको कुरा हो र सबैभन्दा दुःखद् कुरा त नेपालमै नेपाली भाषाको माँग गर्नुपर्ने परिस्थिति आउनु हो ।
सबैप्रकारका गलत कामको बिरूद्धमा हामी निरन्तर रहनेछौँ।
Shares
प्रतिक्रिया