राजनीति


यौनहिंसा र फौजदारी कसुरसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

यौनहिंसा र फौजदारी कसुरसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १५:१, काठमाडौँ

प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ती दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सरकारले गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दफावार छलफलका लागि दुवै विधेयक सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए।

संसदीय समितिमा दफावार छलफल भएपछि सो संशोधन विधेयक पुनः प्रतिनिधिसभामा पठाउनेछ। समितिको प्रतिवेदनसहितको सो विधेयक प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाउने छ।

संघीय संसदको दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले प्रमाणित गरेर कार्यान्वयनमा ल्याउने संवैधानिक व्यवस्था छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad