ad ad

राजनीति


समाजवादीले स्थगित गर्‍यो जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम

समाजवादीले स्थगित गर्‍यो जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १८:४०, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिलाई दिन लागिएको अभिमुखीकरण स्थगित गरेको छ।

संघीय सरकारका चार मन्त्री फेरबदलको निर्णय कार्यान्वयन नभएको अवस्थामा समाजवादीले जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम पनि रोकेको हो। 

केन्द्रीय सचिवालयको निर्णयअनुसार पार्टीको तर्फबाट स्थानीय तहमा विजयी मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुका लागि असार ५ र ६ गते काठमाडौंमा अभिमुखीकरण राखिएको थियो। 

तर उक्त कार्यक्रममा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .