नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसबारेमा उनले औपचारिक निर्णय लिन भने बाँकी छ। केही दिनमा औपचारिक घोषणा गर्ने खरेलले नेपालखबरलाई बताए।
उनले सुशासन पार्टी समेत खोलेका छन्। खरेलले पर्सा वा काठमाडौंमध्ये एक ठाउँबाट उम्मेदवारी दिने तयारी भएको चर्चा चलेको थियो।
काठमाडौं क्षेत्र नम्बर १ बाटै पुकार बमले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
168
Shares

प्रतिक्रिया