राजनीति


देउवा, प्रचण्ड र माधव नेपालबीच गठबन्धन जोगाउने सहमति

देउवा, प्रचण्ड र माधव नेपालबीच गठबन्धन जोगाउने सहमति

समाजवादी पत्रकार संगठनको अन्तरक्रियामा माधव नेपाल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार ५, २०७९ आइतबार १५:१०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पाँच दलीय गठबन्धन जोगाउने सहमति भएको छ। 

आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन जोगाउने सहमति गरेको हो। 

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जोगाउने सहमति भएको जानकारी दिए।

‘आज बसेको तीन नेताको बैठकले गठबन्धन जोगाउँदै चुनावको तयारी गर्ने निष्कर्ष निकालेको छ’ सम्पादकहरूसँगको छलफलमा नेपालले भने,‘चुनावको कमि कमजोरी समीक्षा गर्न ५ दलको बृहत बैठक राख्ने पनि सहमति भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .