ad ad

राजनीति


प्रज्ञा प्रतिष्ठानलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

प्रज्ञा प्रतिष्ठानलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:३७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर राखेर सरकारले  सहयोग गर्ने बताएका छन्।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले प्रतिष्ठानको आर्थिक कठिनाइ समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्। 

'मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु’, देउवाले भने, 'नेपालको गौरव, प्राज्ञिक, सांस्कृतिक सामर्थ्यलाई देश, विदेशमा चिनाउन विषयगत अध्ययन अनुसन्धान गराएर विभिन्न ग्रन्थ प्रकाशन गर्न प्रज्ञा प्रतिष्ठान सफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .