जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयतावादीबाटै संघीयतामाथि प्रहार भएको बताएका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिस्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले देशमा संघीयतामा गए पनि एकात्मक प्रणालीकै अभ्यास भएको बताए।
उनले नेताहरुमा संघीयताप्रति विश्वास नभएको आरोप पनि लगाए।
‘एकात्मक प्रणाली अभ्यास भयो । प्रदेश नाम मात्रकै भए’ उनले भने, ‘संघीयतामा विश्वास नभएको हो की, हाम्रा साथीहरुले संघीयतालाई भित्र भित्र कुहाउन खोज्दै हुनुहुन्छ। बरु यसमा चित्रबहादुर केसी प्रस्ट हुनुहुन्छ।’
उनले उत्पादनमा जोड नदिइ संविधानमा मात्रै लेखेको आधारमा देश समाजवाद उन्मुख नहुने पनि प्रष्ट पारे
यादवले प्रश्न गरे, ‘हाम्रो मुलुक आयात बेस्ट मुलुक हो। करिब ८३ प्रतिशत आयत र १७ प्रतिशत जति निर्यात गर्छौं। उत्पादनलाई अगाडि नबढाइ कसरी हुन्छ? संविधानमा समाजवाद उन्मुख लेखेर मात्र हुन्छ?
Shares
प्रतिक्रिया