राजनीति


नेकपा फुटाउने जिम्मेवार ओली र प्रचण्ड हुन् : गौतम

नेकपा फुटाउने जिम्मेवार ओली र प्रचण्ड हुन् : गौतम

नेपालखबर
असार १४, २०७९ मंगलबार १६:२५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालिन नेकपा फुटाउने मुख्य दोषी केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन्। 

मंगलबार पार्टी घोषणा कार्यक्रममा उनले ओली र प्रचण्डले पार्टी फुटाएको आरोप लगाएका हुन्।

उनले पार्टी एकता भए अझै पनि नेपाल कम्युनिष्ट पार्टीले अझै पनि बहुमत ल्याउने दाबी गरे।

‘नेपाल कम्युनिष्ट पार्टी फुटाउने मुख्य जिम्मेवार केपी ओली र प्रचण्ड नै हो’ गौतमले भने, ‘नेपाली कांग्रेस आफैँ पहिलो शक्ति बन्ने अवस्थामा थिएन। प्रयत्न गर्ने हो भने नेपालको कम्युनिष्ट पार्टी अत्याधिक बहुमत सहित आउन सक्ने स्थिति छ।’ 

गौतमले कांग्रेसको पुच्छर समातेर देश विकास नहुने ठोकुवा पनि गरे। उनले आफू नै लागेपछि कम्युनिष्ट एकता असम्भव नरहेको सुनाए। 
‘नेपाली काङ्ग्रेसको पुच्छर, हात र ढाड समाउने हो भने देशको विकास हुन सक्दैन। काङ्ग्रेसले गर्न सक्दैन’ उनले भने, ‘म नै लागिसकेपछि त्यो काम किन हुँदैन? अहिलेसम्म म लागिन, त्यै भएर एकता हुन नसकेको हो। म कल्पनावादी हुँ। मैले आजको बारे के भैरहेछ बुझ्छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .