कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका छन्।
बुधबार बिहान ९ बजे पार्टी कार्यलय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालखबरलाई बताए।
बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहेकाले बैठकको अध्यक्षता प्रचण्डले मात्रै गर्नेछन्। मङ्सिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बस्न लागेको हो।
यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा उपचार गर्न गएका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएर केन्द्रिय समितीमा चार जना थप गरेका थिए।
प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै प्रचण्डले २४ मंसिरबाट गर्न लागेको चीन भ्रमण स्थगित गरेका थिए।

प्रतिक्रिया