ad ad

राजनीति


प्रचण्ड भन्छन् : छोरा प्रकाशको शालिक हाम्रो आग्रहमा बनाएको होइन

प्रचण्ड भन्छन् : छोरा प्रकाशको शालिक हाम्रो आग्रहमा बनाएको होइन

नेपालखबर
असार १७, २०७९ शुक्रबार १५:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ककनीमा स्वर्गीय पुत्र साकार दाहाल 'प्रकाश'को शालिक परिवारको आग्रहमा नबनाइएको बताएका छन्। 

उनले २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै निधन भएका पुत्र प्रकाशको शालिक अनावरणका क्रममा यो नेपाल पर्वतारोहण संघको आग्रहमा बनेको बताएका हुन्। 

शालिक अनावरणपछि बोल्दै उनले यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा भएको उनले बताएका छन्। 

संघले प्रकाशको योगदानको मूल्याङ्कन आवश्यकता ठानेर नै सगरमाथा आरोही उनको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिए। 

नेपाल पर्वतारोहण संघको पहलमा बनाइएको सगरमाथा आरोही प्रकाशको शालिक अनावरणका क्रममा प्रचण्ड भावुक बने। 

प्रचण्डले शालिक अनावरणपछि बोल्दै यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा बनाइएको पनि उनले बताएका छन्। संघले आवश्यकता ठानेर नै सगरमाथा आरोही प्रकाशको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिए। 

‘यो ठाउँमा स्वर्गीय पुत्र साकारको शालिक बनाउने कुरामा केही अफ्ठ्यारो महसुस गरेको थिएँ। यो शालिकले कसैको परिवारलाई जोड्ने नभएर सगरमाथासहित ८ हजार मिटर अग्ला हिमाल चढेका आरोहीहरुको प्रतिनिधित्व गरेको छ', उनले भने, 'देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका लागि योगदान दिएकाव्यक्तिलाई यसले जोड्ने काम पनि गर्छ। पर्वतारोहण संघले शालिक बनाउँदा राम्रो हुने भनेपछि तयार भएको हुँ। हाम्रो आग्रहले होइन।’

उनले शालिक उद्घाटनलाई भावमय आकर्षक कार्यक्रम भने। 'कार्यक्रम गम्भीर र मार्मिक ढंगले प्रस्तुत भएको छ। आरोहीहरुलाई सम्मान र पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले यो शालिक बनेको हो', उनले भने, 'यस्तो कामले पर्वतीय पर्यटन बढाउन पनि मद्दत गर्नेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .