राजनीति


‘अर्थमन्त्रीबारे लिपपोत गर्नु हुँदैन, माओवादीले जवाफ दिनुपर्छ’

‘अर्थमन्त्रीबारे लिपपोत गर्नु हुँदैन, माओवादीले जवाफ दिनुपर्छ’

नेपालखबर
असार २२, २०७९ बुधबार १५:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका प्रश्नको जवाफ मागेका छन्। 

संघीय संसद भवन बाहिर बुधबार दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यो घटनालाई गम्भीर रुपमा लिएको बताए।

‘सम्बन्धित तथ्यहरु बाहिर आउनुपर्यो, ती तथ्यहरु अहिले जसरी प्रचार भएको छ,’ उनले भने, ‘यदि सत्य हो भने अस्वभाविक हो। यसलाई गम्भीर घटनाको रुपमा लिनुपर्छ।’

अहिले जसरी प्रश्न उठेको छ, त्यसको जवाफ सम्बन्धित पार्टीले तत्काल दिनुपर्ने उनले बताए। 

‘हामी नयाँ संविधान जारी भए पनि सुशासन स्थापन गर्नुपर्छ भनेर प्रयत्न गरिरहेका छौं, तर भइरहेको छैन’, खनालले भने, 'अहिलेको हिसाबमा, जुन तरिकाले प्रश्न उठेको छ, यसको जवाफ सम्बन्धित पार्टीले तत्काल दिनुपर्छ। सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ।’ 

यस्तो विषयमा हेलचक्र्याइँ गर्न नहुने उनले बताए। ‘यस्ता सवालमा हामीले हेलचक्र्याइँ गर्नुहुँदैन, लिपपोत पनि गर्नु हुँदैन,’ उनले भने, ‘मुलुकमा सबैकुरा पारदर्शी हुनुपर्छ भनेर संविधान लेख्ने तर काममा नगर्ने भन्ने कुरा हुन हुँदैन।’

अर्थमन्त्री शर्माविरुद्धमा उठेका विषयहरुको सत्यतथ्य बुझ्न छानबिन समिति बनाउने तयारी भएको छ। संसद भवनमा अहिले छानबिन समिति बनाउने गरी सभामुख अग्नि सापकोटाले दलका प्रमुख सचेतक र सचेतकसँग संवाद गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .