राजनीति


पदमै राखिरहेर अर्थमन्त्रीमाथि छानबिन हुन सक्दैन : एमाले

पदमै राखिरहेर अर्थमन्त्रीमाथि छानबिन हुन सक्दैन : एमाले

नेपालखबर
असार २२, २०७९ बुधबार १६:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पदमा बसेर अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन हुन नसक्ने बताएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा मन्तव्य दिनका लागि बोलाएपछि त्यसप्रति एमालेले आपत्ति जनाएको हो। 

‘अर्थमन्त्रीज्यूलाई मन्तव्यका लागि बोलाउनुभएको छ, यसप्रति हाम्रो गम्भीर चासो छ,’ एमाले सांसद योगेश भट्टराईले भने। 

‘अर्थमन्त्रीले रोष्टमा उभिएर सम्बोधन गर्ने कुनै नैतिक अधिकार छैन्,’ भट्टराईले भने, ‘हामी उहाँको राजीनामा चाहन्छौं। राजीनामा दिएपछि पनि उहाँले संसदमा बोल्न पाउनुहुन्छ। त्यसपछि हामी उहाँको भाषण सुन्न तयार छौं।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको रुपमा बोल्न नपाउने भन्दै एमालेले संसद बहिस्कार गरेको हो। 

संसद बहिस्कार गरेर एमाले सांसदहरु संसद भवनबाट बाहिरिएका छन्। अर्थमन्त्री शर्माले अहिले संसदबाट स्पष्टिकरण दिइरहेका छन्। अर्थमन्त्री शर्माले भने अर्थमन्त्रीकै रुपमा सम्बोधन सुरु गरेका छन्। 

तर, एमालेले भने अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने बताएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा मन्तव्य दिनका लागि बोलाएपछि त्यसप्रति एमालेले आपत्ति जनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad