राजनीति


फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैन: महावीर पुन

फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैन: महावीर पुन

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १६:४१, काठमाडौँ

प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याव धेरै बनाउन नसक्ने बताएका छन्।

बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रदेश प्रदेशमा त्यस्ता खालको ल्यावहरू बनाउनुपर्ने आवश्यकताा औँल्याएपछि उनले यस्तो बताएका हुन्।

उक्त ल्यावका लागि आवश्यक पर्ने उपकरणहरु धेरै महंगो हुने भएकाले प्रदेश प्रदेशमा त्यस्ता खालका ल्यावहरू राख्ने कुरा नेपालको क्षमताले नभ्याउने पूर्वशिक्षामन्त्री समेत रहेका सांसद पुनको भनाई थियो। 

उनले आईएसओ मान्यता प्राप्त गर्नुपर्ने भएकाले पनि उक्त ल्याव नेपालले धेरै बनाउन नसक्ने भएकाले एउटा बनाउने र कतिपय चेकजाँचको काम विदेशमा नै लगेर गर्नुपर्ने अवस्था नेपालको रहेको पनि स्पष्ट पारे।

सांसद पुनले कोरोना कालमा त्यसको जाँच गर्नका लागि नेपालले हङकङलगायतका देशहरूमा पठाएको उल्लेख गर्दै फरेन्सिक चेकजाँचको विषयमा पनि विदेशी मुलुकहरूमा पठाउने कामलाई अझै निरन्तरता दिँदा नै उपयुक्त हुने धारणा समेत राखे।

उनले भने,‘प्रयोगशालाका लागि आईएसओ लिने भन्नेकुरा चाहिँ ज्यादै महंगो कुरा हो। आईएसओ त्यत्तिकै दिँदैन क्या। यसलाई लिनका लागि आवश्यक मात्रामा चाहिने उपकरणहरू त हुनुप¥यो। ती उपकरणहरू यति महंगो हुन्छ। त्यो उपकरण नभई आईएसओ दिँदैन। आईएसओ भएन भने विदेशमा यसको मान्यता हुँदैन। त्यसकारण यो थोरै खोल्ने, एउटा खोल्ने, यसलाई सकेसम्म आधुनिक बनाउने, तर आधुनिक बनाउन नै सकिँदैन । किनभने पैसा धेरै लाग्छ। त्यसरकारण यहाँ आफनो क्षमताले भ्याउने जति यहाँ गर्ने। भएन भने विदेशमा पनि पठाउनु प¥यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad