राजनीति


अर्थमन्त्री शर्माको प्रश्न : सुपारी, मरिच र केराउको तस्करी बन्द गर्नु अनैतिकता हो?

अर्थमन्त्री शर्माको प्रश्न : सुपारी, मरिच र केराउको तस्करी बन्द गर्नु अनैतिकता हो?

नेपालखबर
असार २२, २०७९ बुधबार १६:४०, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सुपारी, केराउ र मरिचको तस्करी बन्द भएको दाबी गरेका छन्। 

आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै संसदबाट अर्थमन्त्री शर्माले सो दाबी गरेका हुन्।

‘लाखौं डलर खर्च गरेर तस्करी मौलाउनेगरी खोलिएका सुपारीहरु अब तस्करी हुन बन्द भएका छन्,’ शर्माले भने, ‘अब नेपालमा तस्करी हुनै सक्दैन्।’

उनले केराउ र मरिचको पनि तस्करी बन्द हुनेगरी करको दायरा बढाएको स्पष्टिकरण दिए।

‘केराउ र मरिचको तस्करी बन्द हुनेगरी करहरुको दायरा बढाएको छु,’ उनले भने, ‘के नेपालमा तस्करी बन्द हुनु अनैतिकता हो? तस्करी घटाउनु अनैतिकता हो?’

विगतमा भएका घटनालाई ध्यान दिँदै तस्करी बन्द गर्ने काम आफूले गरेको उनले बताए। ‘विगतमा कसरी सुपारीको तस्करी भएका थिए, मैले बन्द गरेको छु। ती कुराहरु कसरी गलत हुन सक्छन्?’ अर्थमन्त्री शर्माले भने।

कुनै व्यापारीलाई लाभ दिएकाे छैन

शर्माले बजेटमा भएको नीतिकै आधारमा करका दर हेरफेर गरेको र त्यसले कुनै व्यापारीलाई लाभ नदिएको दाबी गरेका छन्।

आफूमाथि लागेका आरोपहरुबारे संसदबाट स्पष्टिकरण दिँदै उनले आयात प्रतिस्थापन बजेट ल्याउँदा केही आत्तिएको बताए। 

‘बजेटका नीतिले करका दर हेरफेर गर्दा कहाँ सूचना चुहियो? मन्त्री शर्माले भने, ‘कुन व्यापारीले फाइदा लियो? मन्त्री शर्माले छानबिन गरोस्, पत्ता लगाओस् ।’ त्यो कुन विशेष घरानलाई इङ्गित गरियो? बजेट, अनैतिक, राष्ट्रिय घात हो? त्यसो भए म जिम्मा लिन तयार छु।’ 

यो बजेटको कार्यान्वयनले आयात प्रतिस्थापन गर्नेछ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी गरे। उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको बताए।

‘बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन, स्थापित मूल्य मान्यताका आधारमा बजेट निर्माण भएको छ। 

करको दररेट हेरफेर गर्ने विषयमा दुईवटा सचिवलाई नीतिगत निर्देशन गरेको छु,’ अर्थमन्त्री शर्माले भने, ‘म जेठ १४ गते बेला साढे ११ बजे क्वाटर पुगेर सुतेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालय पुग्दा सचिवहरु काम गरिरहनुभयो।’

मन्त्री शर्मा बोल्दै गर्दा एमालेले भने संसद बैठक बहिस्कार गरेको छ। सांसद योगेश भट्टराई बोलेपछि बहिस्कार गरेको हो।

एमालेका पूर्व अर्थमन्त्रीलाई झटारो : चकलेटको कर घटाएको हो?
अर्थमन्त्री शर्माले एमालेका तर्फबाट अर्थमन्त्री बनेकाहरुलाई झटारो हानेका छन्। मैले दूधमा कर बढाएको हैन र चकलेटको कर घटाएको हैन भनेका छन्।

युवराज खतिवडा अर्थमन्त्री रहँदा चकलेटको कर घटाएका थिए।  जुन कुरा अर्थमन्त्री शर्माले आज प्रतिनिधी सभामा बोल्दै आफुले कुनै गल्ति नगरेको बताएका हुन्।

राति साढे ११ बजे नै सिंहदरबारबाट निस्किएर पुल्चोक गएको थिएँ

अर्थमन्त्री शर्माले बजेट ल्याउनुभन्दा अघिल्लो दिन राति साढे ११ बजे नै आफू सिंहदरबारबाट निस्किएको दाबी गरे। 

सो दिनको सिसिटिभी फुटेज मेटिएको भएको अर्थ मन्त्रालयले यसअघि बताएको छ। 

अर्थमन्त्री शर्माले भने, ‘मैले चिन्ने सचिवहरुलाई हो, डिजीहरुलाई हो। मैले चिन्ने व्यक्तिहरु उहाँहरु हो, उहाँहरुलाई मैले स्पष्ट निर्देशन दिएको छु। मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नुभएको छ।’

उक्त दिन राति साढे ११ बजे नै आफू क्वाटरमा गएर सुतेको शर्माले बताए।

‘म राति साढे ११ बजे सिंहदरबारबाट पुल्चोक पुगेर सुतेको थिएँ, बिहान ६ बजे मन्त्रालयमा म पुगिरहेको छु। म मन्त्रालयमा पुग्दा सचिवहरु पल्टिरहनुभएको थियो’ उनले संसद बैठकमा भने।

अर्थमन्त्री शर्माले बजेटअघि अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्दै चर्को आलोचना भइरहेको छ। यसैबीच आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad