राजनीति


बाबुरामको विश्लेषण  : कांग्रेसले भन्ने लोकतन्त्र ‘ठिमाहा र खच्चड’

बाबुरामको विश्लेषण  : कांग्रेसले भन्ने लोकतन्त्र ‘ठिमाहा र खच्चड’

नेपालखबर
असार २८, २०७९ मंगलबार १८:४१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले मान्ने गरेको लोकतन्त्र ठिमाह र खच्छड खालको भएको टिप्पणी गरेका छन्।

काठमाडौंमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा डा. भट्टराईले प्रस्तुत गरेको २० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई लोकतन्त्रलाई 'पर्फेक्ट एण्ड पियोर' बनाउन कुनै रुचि नभएको उल्लेख गरेका छन्।

‘दस्तावेजमा कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ, तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन,’ भट्टराईको प्रतिवेदनमा छ, ‘कांग्रेसले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा, खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र हो।’

‘लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, संघात्मक, पूर्ण र शुद्ध ( परफेक्ट एण्ड पियोर ) ढाँचा वा प्रारुपमा विकास गर्न यो पार्टीको कुनै रुचि देखिँदैन,’ भट्टराईको प्रतिवेदनमा छ।

डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग सहकार्य हुने र बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने खुलाएका छन्।

अध्यक्ष उपेन्द्र यादवसँगको विवादको कारण जसपा फुटेको छ। डा. भट्टराई पक्षले २८ र २९ असारमा काठमाडौंका केन्द्रीय समितिको विस्तारित बैठक राखेका छन्।

भट्टराईले यसलाई पार्टी पुनर्गठनको थालनी भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad