राजनीति


जिम्मेवारी थपिए, संसदमा समन्वयकारी भूमिका खेल्छु : उपसभामुख भुसाल

जिम्मेवारी थपिए, संसदमा समन्वयकारी भूमिका खेल्छु : उपसभामुख भुसाल

उपसभामुखमा निर्वाचित भएपछि पुष्पा भुसाल। तस्बिर : रासस


नेपालखबर
असार ३१, २०७९ शुक्रबार १८:१६, काठमाडौँ

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन्।

शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताइन्।

उनले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गरिन्। राष्ट्रिय राजनीतिको विविध आयामहरुलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउन र मुलुकको समृद्धिका लागि आफूले
भुमिका खेल्ने बताइन्।

‘संवैधानिक पद भएकाले निश्चय नै अहिलेको सदनले उपसभामुखमा निर्वाचित गराएपछि आभार व्यक्त पनि गर्छु। मलाई लाग्छ, निर्वाचित भइसकेपछि हाम्रो काँधमा जिम्मेवारी थपिएको छ। संविधानको कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउन, मुलुकको आर्थिक समृद्धिका लागि काम गर्छु', उनले भनिन्, 'सदनमा तटस्थता भूमिका निर्वाह गर्न जिम्मेवारी थपिएको छ। त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु।'

उपसभामुख भुसालले संवैधानिक परिषद्‍मा समन्वयकारी भूमिका खेल्ने पनि बताइन्। संवैधानिक परिषदसँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने उनको भनाइ छ। 

‘संविधानले संवैधानिक परिषद्लाई एउटा प्रमुख अंगको मान्यता दिएको छ। संविधानको जुन स्प्रिट हो, जुन भावना हो, संवैधानिक परिषद्ले जुन काम, कर्तव्यहरू निर्वाह गर्नुपर्छ, त्यसअनुसार संवैधानिक परिषद्मा सबैको उपस्थिति पनि छ', उनले भनिन्, 'कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको उपस्थिति छ। त्यो उपस्थितिको माग बमोजिम नै उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ। जुन अपेक्षा संविधानले संवैधानिक परिषदसँग गरेको छ। त्यसमा आफ्नो भुमिका मैले इमान्दारीपूर्वक निर्वाह गर्नेछु।’

उनले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad