ad ad

राजनीति


एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरेको ओलीको आरोप

एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरेको ओलीको आरोप

नेपालखबर
साउन ७, २०७९ शनिबार १६:३४, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजाेर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरेकाे आराेप लगाएका छन्।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे। 

उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए।

उनले भने, 'मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्तिहरु, ती हितहरुको संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै विभाजित गर्न खोज्छन्। ​आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्‍यो। यो गठबन्धन के हो?

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यबद्ध रहेको पनि बताए।

मजदुरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनको भनाई थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .