ad ad

राजनीति


माओवादीले ७ लाख नागरिकताविहीनको समस्या समाधान गर्‍यो : प्रचण्ड

माओवादीले ७ लाख नागरिकताविहीनको समस्या समाधान  गर्‍यो :  प्रचण्ड

नेपालखबर
साउन ७, २०७९ शनिबार १६:७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको दाबी गरेका छन्।

सर्लाहीको बागमती नगरपालिका–८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

शुक्रबार ६ (असार)​  मा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो। लगत्तै शनिबार ७ (असार) मधेश प्रदेश पुगेका प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गरेका हुन्।

उनले जनकपुर विमानस्थलमा संचारकर्मीसँगको साक्षात्कारमा पनि नागरिकता विधेयकको सफलताबारे सुरुमा चर्चा गरेका थिए। 

‘झण्डै ६/७ लाख युवाहरु नागरिकता विहिन भएको अवस्था थियो। मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिला के भनेको थिएँ’ प्रचण्डले भने।

उनले माओवादी केन्द्रले सो समस्या समाधान गरेको बताए। ‘तराई मधेशको नागरिकता समस्या हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ,’ प्रचण्डले भने, ‘मैले यहाँका सम्पूर्ण जनता र लाखौं युवाहरु। जो नागरिकता विहिन अवस्थामा थिए, उनीहरुलाई हामीले हिजोबाट नागरिकताको समस्या समाधान गर्यौं। यो सबैको लागि खुसीको कुरा हो। माओवादी केन्द्रले गरेको प्रतिवद्धता हिजोबाट पूरा गरेको छ।’

यी समस्या समाधान गर्ने मुख्य पार्टी माओवादी केन्द्र भएको भन्दै आउने दिनमा बलियो बनाउन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .