राजनीति


१३ एसपीको काज सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

१३ एसपीको काज सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपालखबर
साउन १५, २०७९ आइतबार १७:२०, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ।

आइतबार भएको काज सरुवाको निर्णय अनुसार ४ जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई खटाउने निर्णय भएको छ। 

सीआईबीका प्रवक्ता समेत रहेका श्यामकुमार महतोको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी सरुवा भएको छ।

सुनसरीमा कार्यरत संजयसिंह थापा सीआईबी सरुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .