जेनजी अभियन्ता माजिद अन्सारी डिस्चार्ज भएका छन्।
अन्सारी बुधबार साँझ काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्। प्रहरीको कुटपिटबाट घाइते भएका उनी चार दिन अस्पताल बसेका थिए।
बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको विचल्ली भएको थियो। उनीहरूको अवस्था बुझ्न कीर्तिपुर पुगेको अन्सारीसहित तीन जना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएका थिए। उनलाई प्रहरीले कीर्तिपुर अस्पताल पु¥याएको थियो। त्यहाँबाट अन्सारीका साथीहरूले त्रिवि शिक्षण अस्पताल ल्याएका थिए।
36
Shares

प्रतिक्रिया