राजनीति


उपराष्ट्रपति यादवले कतारका राजालाई दिए राष्ट्रपति पौडेलको समवेदनापत्र

उपराष्ट्रपति यादवले कतारका राजालाई दिए राष्ट्रपति पौडेलको समवेदनापत्र

नेपालखबर
असार ३२, २०८३ बिहिबार ५:५४, काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन्। 

उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा बुधबार दोहास्थित लुसाइल दरबारमा उनीहरूबिच उच्चस्तरीय भेट भएको हो।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जलि एवं समवेदना व्यक्त गर्न कतार गएका हुन्। 

भेटका क्रममा उनले अमिर शेख तमिम, शाही परिवार र कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे।

सो अवसरमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनापत्र अमिर शेख तमिमलाई हस्तान्तरण गरे।

भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा कतारका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad