ad ad

राजनीति


एमाले अध्यक्ष ओली पशुपतिकाे सन्ध्या आरतीमा सहभागी हुने

एमाले अध्यक्ष ओली पशुपतिकाे सन्ध्या आरतीमा सहभागी हुने

नेपालखबर
साउन १६, २०७९ सोमबार ९:३०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथकाे सन्ध्या आरतीमा सहभागी हुने भएका छन्। 

ओलीकाे सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्। 

साउनको सोमबार पारेर वाग्मती किनारामा हुने सन्ध्या आरतीमा ओली सहभागी हुन लागेका हुन्। 

वाग्मती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुँदै आएको छ। आरती हेर्न ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन्।

पशुपतिमा सोमबार विशेष आरतीको तयारी गरिएको छ।

आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा पाँचजना पण्डितले आरती गर्नेछन्।

यस्तो विशेष आरती हरितालिका तीज, महाशिवरात्रिलगायतका विशेष अवसरमा मात्र हुने गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .