राजनीति


मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार ६:२८, काठमाडौँ

सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको छ। 

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।

बिहीबार (आज) बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने सहमति जुटाएको बालुवाटार स्रोतले जनाएको छ।

गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो। तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो।

‘आज चुनावको मिति घोषणा गर्न गठबन्धनले सुझाव दिएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘चुनावसम्म संसद भने रहन सक्छ।’

यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिइसकेको छ।

तर दलहरूबीच संसद्को आयुलाई लिएर भने विवाद छ। डा. भीमार्जुन आचार्यसहितका केही संविधानविद्ले चुनाव घोषणासँगै संसदको आयु पनि सकिने तर्क गरिरहेका छन्।

तर चुनावी मिति घोषणापछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार भने स्वतः कामचलाउमा परिणत हुनेछ। यसअघि स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते एकै चरणमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .