राजनीति


बालेन्द्रले प्रचण्डको आलोचना गरेपछि माओवादी कार्यकर्ता ‘फायर’

खुमलटारका घरभेटीले आठ वर्षदेखि सडक अलपत्र पारेपछि आक्रोश
बालेन्द्रले प्रचण्डको आलोचना गरेपछि माओवादी कार्यकर्ता ‘फायर’

नेपालखबर
साउन ३१ , काठमाडौँ

फोहोर व्यवस्थापनमा एकपछि अर्को चुनौती थपिँदै गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र्द्र शाह दल र तिनका नेतामाथि खनिन थालेका छन्।

धादिङको बञ्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमाथि तोडफोड र आक्रमणमा सत्ताधारी दलकै कार्यकर्ता संलग्न हुन थालेपछि मंगलबार बालेन्द्र्द्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचन गरेका छन्। 

सोमबार बञ्चरेडाँडा आसपासको सडकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले फोहोर बोकेका गाडीमा अवरोधका साथै गुलेलीबाट ढुंगा पनि हानेका थिए।

दलहरूको अवरोध र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापनमा चुनौती झेलिरहेका बालेन्द्र्द्रले बुधबार प्रचण्ड र उनका घरबेटी शारदाप्रसाद अधिकारीमाथि निशाना साँधेका हुन्।

उनले उपत्यकाको फोहोर बोकेर लैजाने सडक प्रचण्डको खुमलटारस्थित घरका मालिक सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले आठ वर्षदेखि अलपत्र पारे भन्दै प्रश्न उठाएका हुन्।

बालेन्द्रले फोहोर लैजान प्रयोग हुने सडक ८ वर्षदेखि हिलाम्मे अवस्थामा छाडेर नबनाएको भन्दै अधिकारीकै घरमा बसेका प्रचण्डलाई अङ्गरक्षकको संज्ञा दिएका छन्। 

'श्रीमान् प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर', बालेन्द्रले हिलाम्मे र ठूलो खाडलसहितको सडकको भिडिओसहित सामाजिक सञ्जालमा भनेका छन्। 

प्रचण्डका कार्यकर्ता फायर
बालेन्द्रको यो भनाइलाई लिएर माओवादी कार्यकर्ता आक्रोशित भएका छन्। 

माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले आफ्नो असक्षमता लुकाउन बालेन्द्र्द्रले प्रचण्डमाथि निशाना साँधेको जिकिर गरेका छन्।

'बालेन्द्रजी काम गर्न कति गाह्रो रहेछ यो देशमा राम्रोसँग बुझ्नु भयो। अब प्रचण्डलाई गाली गरेर रमाउनुस्', उनले भनेका छन्,'अँ साँच्ची तपाईंलाई दाह्री काट्न नदिएको पनि प्रचण्डले नै हो कि!'

उनी त्यतिमै रोकिँदैनन् सामाजिक सञ्जालमा निरन्तर आफ्ना धारणा राख्दै प्रचण्डको आलोचना गरेकोमा बालेन्द्रबारे तुष पोखिरहेका छन्। 

'आजकल क्या गज्जबको हावा चलेको छ। आफ्नो असक्षमता लुकाउन प्रचण्डको नाम लिएर विषयान्तर गर्दियो आनन्द', उनले बालेन्द्रप्रति कटाक्ष गरेका छन्,'माओवादीले काठमाडौं उपत्यकामा बाटो फराकिलो नबनाइदिएको भए। आजकल काठमाडौंका फराकिला बाटाहरुमा थुप्रिएका फोहोर बालेन्द्रले कहाँ लगेर राख्थे होला?'

उनले माओवादी सरकारले ल्याइदिएको बिजुलीबाट वाईफाई चलाएर प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको पनि बताएका छन्।

'प्रचण्डलाई गाली गरेर ज्ञानेन्द्र शाहको जति नजिक हुन खोजे पनि तिमीहरुलाई उनले नै पत्ताउँदैनन् क्यारे!', उनले भनेका छन्, 'नभए अलिक अनुभव प्राप्त रवीन्द्र मिश्रलाई सोध्नु।'

साउन ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.