ad ad

राजनीति


प्रदीप गिरिका विषयमा विश्वप्रकाश शर्मा : अनेक हल्ला केवल हल्ला हुन्

प्रदीप गिरिका विषयमा विश्वप्रकाश शर्मा : अनेक हल्ला केवल हल्ला हुन्

फाइल तस्बिर : प्रदीप गिरि


नेपालखबर
भदौ ४, २०७९ शनिबार ९:७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपचाररत नेता प्रदीप गिरिका निम्ति यतिबेला हाम्रो प्रार्थना आवश्यक भएको बताएका छन्। 

प्रतिनिधि सभाका सदस्य एवं समाजवादी चिन्तक गिरि अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्। गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। 

यसबीच उनका विषयमा गलत हल्ला चलेको कांग्रेस महामन्त्री शर्माले बताएका छन्।  

विश्वप्रकाश शर्मा

‘यतिबेला हाम्रो प्रार्थनाको जरुरी छ उहाँलाई’, महामन्त्री शर्माले १० घण्टाअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनेक हल्लाहरू केवल हल्ला मात्र हुन्। जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदीप गिरि अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस्। सबैले यही कामना गरौं।’

याे पनि : ​भेन्टिलेटरमा उपचाररत प्रदीप गिरिको स्वास्थ्यलाभको कामना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .