राजनीति


भारतीय सेना प्रमुख पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदै

भारतीय सेना प्रमुख पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदै

भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे


नेपालखबर
भदौ १९, २०७९ आइतबार ७:३७, काठमाडौँ

भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणका लागि आउँदैछन्। 

आज आइतबार (भदौ १९) देखि २३ सम्म भारतीय सेनापति नेपाल भ्रमणमा रहने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्।

भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन्

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी अपरान्ह काठमाडौं आइपुग्ने बताइएको छ।

पाण्डेको आसन्न भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे परराष्ट्र, रक्षा मन्त्रालय र नेपाली सेनाबीच छलफल चलिरहेको छ।

भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौताको विषय पनि उठाउने तयारी गरेको छ। 

नेपालले उक्त रकम मिनाहाका लागि अनुरोध गर्ने रक्षा र परराष्ट्रका जानकार अधिकारीले बताए। ती अधिकारीहरुका अनुसार २०६३ यता नेपाली सेनाले भारतसँग हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम करिब चार अर्ब पुगेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई पाण्डेले भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणमा नेपालले गत जुनमा मोदी सरकारले ल्याएको ‘अग्निपथ योजना’ ले भारतीय सेनामा जाने नेपालीलाई पर्ने प्रभावबारे पनि चासो राख्ने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .