नेपाली कांग्रेस सोलुखुम्बले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पालाई उम्मेदवारमा सिफारिस गरिएको जनाएको छ।
कांग्रेस सोलुखुम्बुले प्रेस विज्ञप्ति जारी गरेर शेर्पालाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि एकल रुपमा सिफरिस गरिएको जनाएको छ।
जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरुको संयुक्त बैठकबाट उनलाई उम्मेदवारमा अघि सारिएको उल्लेख छ।
जिल्ला सभापति नम्गेल जाङ्बु शेर्पाका अनुसार केन्द्रीय सदस्य बलबहादुर केसीलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारका रुपमा पहिलो नम्बरमा सिफारिस गरिएको छ।
पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, राधिका श्रेष्ठ र धर्म नेपाली पनि समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएकोछ।
Shares
प्रतिक्रिया