ad ad

राजनीति


झापा–५ मा ओलीसँग भिड्न माओवादीले सिफारिस गर्‍यो ४ उम्मेदवार

झापा–५ मा ओलीसँग भिड्न माओवादीले सिफारिस गर्‍यो ४ उम्मेदवार

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ९:५२, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस गरेको छ। 

बुधबार बसेको प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले उम्मेदवार सिफारिस गरेको प्रमुख वीरेन्द्र बस्नेतले जानकारी दिए। 

उनका अनुसार प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरिएको छ। 

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। ओलीले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी तिव्र अघि बढाएका छन्। 

प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईंलाई सिफारिस गरिएको छ। 

तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन्।

समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ।

प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सीताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन्। त्यस्तै, क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ।

समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ। झापा ५ मा स्वतन्त्रबाट लेखक तथा विश्लेषक युग पाठकले उम्मेदवारी घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .