राजनीति


गठबन्धनमा आज पनि जुटेन सहमति, झलनाथ भन्छन्-अधिकांश विषय भोलि टुंगो लाग्छ

गठबन्धनमा आज पनि जुटेन सहमति, झलनाथ भन्छन्-अधिकांश विषय भोलि टुंगो लाग्छ

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १३:१९, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। आइतवारको बैठकमा पनि गठबन्धनमा सहमति जुट्न सकेन। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो। आज पनि शीर्ष नेताहरुले निष्कर्ष निकाल्न नसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। 

खनालका अनुसार कयौँ कुरा मिले पनि केही कुरा मिलाउन बाँकी छन्। भोलि (२७ भदौ) बिहान ८ बजे फेरि  बैठक बस्नेगरी आजको छलफल सकिएको खनालले पत्रकारहरुलाई बताएका छन्। 

‘प्रधानमन्त्रीज्युसँग भेट गर्यौं। कार्यदलले अहिलेसम्म गरेको कुराबारे रिपोर्टिङ भयो,’ खनालले बैठकपछि बाहिरिँदै भने, ‘कयौँ कुरा मिलेका छन्। कयौँ कुरा मिलाउन बाँकी भएको भन्ने रिपोर्टिङ भएको छ।’

उनले अधिकांश विषयहरु भोलि मिल्ने दाबी गरेका छन्। ‘हामी भोलि बिहान बसेर टुंगो लगाउने भनेका छौँ। अधिकांश विषय भोलि टुंगो लाग्छ’, खनालले भने।

यसअघि शनिबार बसेको बैठक पनि निष्कर्षविहीन सकिएको थियो। गठबन्धन अहिले संघीय संसदकै सिटमा अल्झिएको छ। खासगरी मधेश प्रदेशका सिटलाई लिएर कांग्रेस र जनता समाजवादीबीच चर्को मतभेद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .