राजनीति


चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालखबर
भदौ २८, २०७९ मंगलबार ११:१०, काठमाडौँ

चिनियाँ सभामुख ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

उनीहरुबीच संघीय संसद नयाँबानेश्वरमा भेट भएको हो। मंगलबार बिहान १० बजे उनीहरुबीच भेट भएको थियो। 

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .