राजनीति


राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयकबारे मौन

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयकबारे मौन

नेपालखबर
भदौ २९, २०७९ बुधबार १४:३४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको बताए।

संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएको ती विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताए।

नागरिकता विधेयकबारे भने राष्ट्रपति भण्डारी मौन रहेकी छन्।

संसदको दुवै सदनले पहिलो पटक पारित गरेर प्रमाणीकरणको लागि पठाएको सो विधेयकलाई राष्ट्रपतिले सुझावसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाएकी थिइन्।

तर, पुनः संसदको दुवै सदनले सो विधेयक जस्ताको तस्तै पास गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालयमा पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .