राजनीति


निर्वाचन आयोगकै परिसरमा पुगेर समानुपातिक सूची बनाउँदै जनमोर्चा

निर्वाचन आयोगकै परिसरमा पुगेर समानुपातिक सूची बनाउँदै जनमोर्चा

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज ३, २०७९ सोमबार १२:४६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका नेताहरु निर्वाचन आयोग पुगेर समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरिरहेको छ। 

जनमोर्चाका नेताहरु आयोग परिसरमै बसेर डकुमेन्टेसन गरिरहेका हुन्। पार्टीका नेता हिमलाल पुरीका अनुसार प्रदेश १ र मधेश प्रदेश बाहेकका प्रदेशसभामा पनि बन्दसूची बुझाउनेगरी तयारी गरिएको छ। 

प्रतिनिधिसभामा भने १ सय १० जनाको नाम समावेश गरेर बन्दसूची बुझाउने तयारी भएको उनले नेपालखबरलाई जानकारी दिए। 

पुरी सहितका नेताहरु अहिले आयोग परिसरमै बसेर डकुमेन्ट मिलाउने काम गरिरहेका छन्। 

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (२ र ३ असोज) लाई बन्दसूची पेश गर्ने कार्यक्रम छ।

आज समानुपातिक सांसदको बन्द सूची बुझाउने अन्तिम दिन हो।

सोही अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले सोमबार नै आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .