कला


महजोडीसहित ३८ कलाकार विभूषित

महजोडीसहित ३८ कलाकार विभूषित

नेपालखबर
असोज ३, २०७९ सोमबार १३:०, काठमाडौँ

संविधान दिवसको अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन्। विभुषित हुनेमा ३८ जना कलाकार पनि परेका छन्। 

वरिष्ठ कलाकार नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कलाकार र नन्दकृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गरिने भएको छ। 

यस्तै, गायक तथा संगीतकार शम्भु राई चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, कलाकार दीपकराज गिरी, संगीतकार आलोकश्री, दीपक जंगम, गायक आनन्द कार्की , अभिनेता अर्जुन श्रेष्ठ, अभिनेता, गायिका ज्ञानु राणा, कलाकार निरुता सिंह, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, दयाहाङ राई र गायिका सत्यकला राईलाई सुप्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। 

जनसेवाश्री पदकबाट लोकगायिका सुनिता दुलाल, कलाकार प्रदीप खड्का, गायक कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, दीपक शर्मा, नृत्य निर्देशक शिवराम विक, चलचित्र निर्देशक रमेश कोइराला, मोडल सनम कठायत, कलाकार कुमार बस्नेत विक्रान्त, गायक कुलमान नेपाली, कलाकार मनोहर सुनाम परियार, गीतकार डिल्लिनारायण पाण्डे, गायक यसकुमार, संगीतकार सुरेशकुमार नेपाल परियार र सानुकान्छा शाही विभुषित हुने भएका छन्।

यस्तै नेपाल सेवा प्रवीण कलाकार प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर बिक, गायक नवीन पौडेल, गायक र किरण गजमेरले पाउने भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .