ad ad

राजनीति


समानुपातिक उम्मेदवार छान्न सकस, पदाधिकारी बैठक छाडेर प्रचण्ड सोलुखुम्बु

समानुपातिक उम्मेदवार छान्न सकस, पदाधिकारी बैठक छाडेर प्रचण्ड सोलुखुम्बु

नेपालखबर
असोज ३, २०७९ सोमबार १३:२४, काठमाडौँ

समानुपातिक प्रणाली तर्फको उम्मेदवारको बन्द सूचि बुझाउने अन्तिम दिन दलहरु पार्टीभित्र विवाद मिलाउन छलफलमै छन्।

नेकपा माओवादी केन्द्रभित्रपनि समानुपातिक उम्मेदवार चयन गर्न सकस परेको छ।

सोमबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको थियो।

तर, त्यही समयमा बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड भने सोलुखुम्बु पुगेका छन्। सेनाको हेलिकप्टरमार्फत प्रचण्ड, अर्थमन्त्री समेत रहेका उपमहासचिव जनार्दन शर्मालाई लिएर सोलुखुम्बु पुगेका हुन्।

उनी त्यहाँ केही कार्यक्रममा सहभागी भएर अहिले केहीबेरपछि फर्कने कार्यक्रम छ। प्रचण्ड फर्किएपछि पदाधिकारी बैठक बस्ने र समानुपातिक उम्मेदवार टुंगो लगाएर निर्वाचन आयोग जाने तयारी रहेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .