ad ad

राजनीति


राष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, हरिप्रसाद फुयालको इजलासमा पेसी

राष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, हरिप्रसाद फुयालको इजलासमा पेसी

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार ११:१४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। संघीय संसदबाट पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरु आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो। 

राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन्। उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।

राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .