नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्य भट्टराईले पार्टी छोडेका छन्।
सोमबार भट्टराईसहित एकीकृत समाजवादीका जिल्ला कमिटी तथा विभिन्न अन्य कमिटीका २५ बढी नेता कार्यकर्ताले पार्टी छोडेका हुन्।
उनीहरु नेकपा एकीकृत समाजवादी छोडेर पू्र्वपार्टी नेकपा एमालेमै फर्किएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य आदर्श साउदले जानकारी दिए।
सोमबार पार्टी कार्यालय च्यासलमा एमालेमा फर्किनेहरुलाई महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाले स्वागत गरेका थिए।
129
Shares
प्रतिक्रिया