ad ad

राजनीति


अबको निर्वाचनपछि राप्रपा पहिलो शक्ति हुन्छ : राजेन्द्र लिङ्देन

अबको निर्वाचनपछि राप्रपा पहिलो शक्ति हुन्छ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज १२, २०७९ बुधबार १८:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन्। 

मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनको भनाइ थियो। 

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिए। 

उनले प्रतिनिधिसभा र प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलसाथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे। 

‘हामीले ठिक ढंगले अगाडि गयौँ भने म फेरि पनि भन्छु–राष्ट्रिय प्रजातन्त्र पाटी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ। हारिन्छ कि भन्ने हीन मानसिकतालाई त्यागेर अगाडि जानुपर्‍यो। म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाड बढन म आग्रह गर्दछु। पछाडि हट्ने होइन्, भाग्ने होइन', उनले भने, 'म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीवि, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस्। हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं। हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौँ। त्यसकारण सबैलाई उच्च मनोबलसाथ अगाडि बढन आग्रह गर्दछु। विजय नजिकै छ। मुलुकले विकल्प खोजिरहेको छ।’

अध्यक्ष लिङदेनले निर्वाचनमा हारिन्छ कि भन्ने हीन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

 उनले पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्रलगायतका नेताहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .